अचार बनाउने सम्बन्धी सीप विकास तालिम समापन
अचार बनाउने सम्बन्धी सीप विकास तालिम समापन
कालिका गाउँपालिका वडा नं २, रसुवामा महिला दिदिबहिनीहरुको सीप विकास साथै जिविकोपार्जनमा टेवा पुग्ने तबरले संचालित ७ दिने अचार बनाउने सम्बन्धी सीप विकास तालिम सम्पन्न भएको छ। समापन समारोह उद्योग तथा वाणिज्य कार्यालय प्रमुख श्री रमेश पौडेलको अध्यक्षता, कालिका गाउँकार्यपालिका सदस्य श्री किप्पा थोक्रा ज्यूको प्रमुख आतिथ्यतामा प्रशिक्षक, प्रशिक्षार्थी र कार्यालयका अन्य कर्मचारी उपस्थितीमा कालिका गाउँपालिका वडा नं २ रसुवामा सम्पन्न भयो।