जिल्ला स्तरीय बजार अनुगमन समितिद्धारा गरिएको बजार अनुगमन

गो.गा.पा.५, ठूलोस्याफ्रु, रसुवा

दैनिक उपभोग्य खाद्यन्न तथा होटल तथा पर्यटन व्यवसायीहरुलाई लक्षित जिल्लास्तरीय बजार अनुगमन समितिद्धारा जम्मा २ वटा किराना स्टोर्स र १४ वटा होटलहरुको अनुगमन गरिएको छ। अनुगमन अनुगमन समितिका सदस्य सचीव एवम् उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख श्री रमेश पौडेल ज्यूको संयोजकत्वमा मिति २०८२/११/२७ गते सम्पन्न गरिएको हो। अनुगमनमा सरकारी कार्यालय, स्थानीय प्रशासन र सरोकारवालाहरुको उपस्थिती रहेको थियो। म्याद गुज्रिएका सामाग्रीहरु जफत गरी नष्ट गरिएको र कैफियतमा संचालित व्यवसायहरु सचेत साथै पर्यटन क्षेत्रमा टेवा पुग्ने तबरले व्यवसाय संचालनको लागि सुझाव सहित अनुगमन कार्य सम्मपन्न भयो।