जिल्ला स्तरीय बजार अनुगमन समितिद्धारा गरिएको बजार अनुगमन

गो.गा.पा.५, स्याफ्रुवेशी

मिति २०८२/१०/२७ गतेका दिन गोसाईकुण्ड गाउँपालिका वडा नं ५ , स्याफ्रुवेशी रसुवामा जिल्ला बजार अनुगमन समिती रसुवाबाट अनुगमन गरिएको छ। अनुगमन सहायक प्रमुख जिल्ला अधिकारी श्री द्रुव प्रसाद अधिकारी ज्यूको संयोजकत्वमा कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला समन्वय समितीको कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, जनस्वास्थ्य कार्यालय, स्थानीय निकाय, जनप्रतिनिधि, रसुवा उद्योग वाणिज्य संघ, रसुवा चेम्बर अर्फ कमर्श र नेपाल पत्रकार महासंघ रसुवाको संयुक्त सहभागितामा संचालित फर्मेसी , वर्कशप र खाद्यन्न पसल/ उद्योगहरुको अनुगमन सम्पन्न भएको छ।  अनुगमनको क्रममा म्याद गुज्रिएका खाद्यन्न सामाग्रीहरु जफत गरी नियम विपरित संचालित उद्यो‍गहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना समेत गरिएको छ।