अचार बनाउने सम्बन्धी सीप विकास तालिम उद्‍घाटन

कालिका-५, रसुवा

मिति २०८३ साल वैशाख १५ गते, मंगलबारका दिन कालिका गाउँपालिका वडा नम्बर ०५, रसुवामा अचार बनाउने सम्बन्धी (७ दिने) सीप विकास तालिम कार्यालय प्रमुख रमेश पौडेलको अध्यक्षता र सोही वडाका वडासदस्य बहादुर सिङ तामाङ ज्युको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको छ।