क्षतिको विवरण संकलन सम्बन्धी सूचना
धुन्चे, रसुवा।
प्रस्तुत विषयमा मिति २०८३ भाद्र 10 गते भोटेकोशी नदीमा आकस्मिक रुपमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको अवस्था छ। बाढीका कारण यस कार्यालयमा दर्ता भई संचालनमा रहेका उद्योग तथा वाणिज्य क्षेत्रका व्यवसायहरु समेत क्षति पुगेको हुँदा क्षतिको विवरण संकलनको लागि व्यवसायीहरु स्वयम् उपस्थित हुनु भई वा अन्य माध्यमहरुबाट बाढीले उद्योग तथा वाणिज्य क्षेत्रमा पुर्याएको भौतिक, वित्तीय, संलग्न जनशक्ति, उपकरण एवम् कच्चापदार्थ लगायतको क्षतिको विवरण उपलब्ध गराउनका लागि यो सूचना प्रकाशन गरिएको हो।
जिल्लामा गोसाईकुण्ड गाउँपालिका वडा नं २, टिमुरे, वडा नं ५, स्याफ्रुवेशी, उत्तरगया गाउँपालिका वडा नं १, मैलुङ, सल्लेटार, वडा नं ५, बेत्राती क्षेत्र र नुवाकोटको बजारहरुमा संचालित उद्योग व्यवसायहरुमा समेत क्षति पुगेको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेको हुँदा यस कार्यालयमा दर्ता भई संचालनमा रहेका उद्योगीहरुले आफ्नो यथार्थ विवरण संकलनको लागि आवश्यक सहयोग गरिदिनुहुन अनुरोध छ।