होटल तथा पर्यटन व्यवसायीहरुलाई अतिथि सत्कार, प्रचलित कानून र समसामायिक विषयमा अभिमुखीकरण कार्यक्रम
धुन्चे, रसुवा।
मिति २०८३/०४/२५ गते सोमबारका दिन उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालयको सभाहलमा नजिकिदैँ गरेको जनैपूर्णिमा मेला-२०८३ लाई लक्षित गरी होटल तथा पर्यटन व्यवसायीहरुलाई अतिथि सत्कार, प्रचलित कानून र समसामायिक विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय रसुवाका कार्यालय प्रमुख रमेश पौडेल, प्रमुख अतिथि श्रीमान प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार, विशेष अतिथि पर्यटन विज्ञ शिव प्रसाद लामिछाने र सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न संघसंस्थाका सरोकारवालाहरु, जिल्ला भित्र दर्ता भई संचालित होटल तथा पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले बजार अनुगमन संयन्त्र र दण्ड जरिवाना सम्बन्धि, कोष तथा लेखा नियन्त्रक कार्यालयको तर्फबाट प्रमुख कोष नियन्त्रक विन्ध्या कार्कीले कर प्रशासन अन्तर्गत अन्त:शुल्क सम्बन्धि, लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयबाट केशव ढोडारीले मावन बन्यजन्तु द्धन्द्ध र निकुञ्ज भित्र दर्ता भई संचालनमा रहेको होटलहरुको अहिले सम्मको अवस्था, जिल्ला जनस्वास्थ्य कार्यालयबाट योगेन्द्र गुर्मछान मगरले सरसफाई र खाद्य स्वच्छता सम्बन्धि, आयोजक कार्यालय उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय प्रमुख रमेश पौडेलले व्यवसाय दर्ता प्रशासन सम्बन्धि र कार्यक्रमका विशेष अतिथि पर्यटन विज्ञ शिवप्रसाद लामिछानेले हस्पिटालिटी सम्बन्धि प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो।