कोदा बुन्ने सीप विकास तालिम उद्‍घाटन

गो.गा.पा.५, ठूलोभार्खु, रसुवा

मिति २०८२/१२/१७ गते, मंगलबारका दिन गो.गा.पा-५, ठुलोभार्खु, रसुवामा कार्यालय प्रमुख श्री रमेश पौडेल ज्यूको अध्यक्षता, गो.गा.पा-५ का वडा अध्यक्ष श्री दावा मिङमार तामाङ ज्यूको प्रमुख आतिथ्यतामा आ.प्र.शा.प्रमुख, कार्यपालिका सदस्य ज्यू लगायत प्रशिक्षक र प्रशिक्षार्थीहरुको उपस्थितीमा कोदा बुन्ने सम्बन्धी १० दिने सीप विकास तालिम उद्‍घाटन गरिएको हो। 

यस तालिमले आफ्नो सीप, दक्षता र कार्यक्षमतामा वृद्धि भई स्वरोजगार साथै जिविकोपार्जनमा टेवा पुग्ने प्रशिक्षार्थीहरुले जानकारी दिनुभयो।