बजार अनुगमन
बजार अनुगमन
गोसाईकुण्ड गाउँपालिका वडा नं ६, रसुवामा जिल्ला बजार अनुगमन समितिद्धारा मिति २०८२/०९/२९ गते मंगलबारका दिन पर्यटकीय क्षेत्रमा संचालित होटल तथा खाजाघरहरुको अनुगमन गरिएको छ। अनुगमनमा जिल्ला बजार अनुगमन समितिका पदाधिकारी, सरोकारवाला, पत्रकार, स्थानीय निकाय र सुरक्षाकर्मीहरुको सहभागितामा जम्मा १७ स्थानमा अनुगमन गरिएको हो। म्याद गुज्रिएका सामाग्रीहरु जफत गरी नियमानुसार नष्ट गरिएको साथै ७ वटा उद्योगमा व्यवसायीहरुलाई विभिन्न कैफियतमा रु ५०००/- को दरले जम्मा रु ३५०००/- (अक्षरुपी पैतिस हजार मात्र) जरिवाना गरिएको छ।