आ.व. ०८३/०८४ को बजेट पूर्व तयारी तथा उद्योग वाणिज्य सम्बन्धी अन्तर्क्रिया कार्यक्रम

धुन्चे, रसुवा।

आ.व. ०८३/०८४ को बजेट पूर्व तयारी तथा उद्योग वाणिज्य सम्बन्धी अन्तर्क्रिया कार्यक्रम उद्योग तथा वाणिज्य कार्यालय, रसुवाका का.प्र. रमेश पौडेल ज्यूको अध्यक्षता, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री विन्दु श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यता, बागमती प्रदेश सभा सदस्य इन्द्र प्रसाद गोतामे ज्यूको विशिष्ट आतिथ्यता, जिसस प्रमुख र गोसाईकुण्ड गा.पा. अध्यक्ष कैसाङ नुर्पु तामाङ ज्यूको विशेष आतिथ्यतामा र उद्योग तथा वाणि्ज्य क्षेत्रमा जिल्लामा कार्यरत विभिन्न संघसंस्थाहरुको सरोकारवालाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमले आगमी आर्थिक वर्षमा के कस्ता कार्यक्रम जिल्लामा संचालन गर्न सकिन्छ र कसरी जिल्लामा रहेका बेरोजगार व्यक्तिहरुलाई सीपमूलक तालिमहरु आर्जन गरी रोजगारीहरुको सिर्जना गरी जिविकोपार्जनमा टेवा पुर्‍याउने भन्ने विषयमा समेत छलफल गरिएको छ।  कार्यक्रममा कार्यालयको प्रगति प्रतिवेदन सहितको वृत्त चित्र (प्रिजेन्टेसन) कार्यालय प्रमुख ज्यूले दिनुभएको थियो भने कार्यक्रममा  शुभकामना मन्तव्य क्रमश नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष केशव पौडेल, नागरिक समाज अध्यक्ष बाबुलाल तामाङ, गोसाईकुण्ड गा.पा. अध्यक्ष कैसाङ नुर्पु तामाङ, जि.स.स. प्रमुख अशोक कुमार घिमिरे, बागमती प्रदेश सभा सदस्य इन्द्र प्रसाद गोतामे र माननीय मन्त्री विन्दु श्रेष्ठ ज्यूले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो।